विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण भएको छ । 

३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा सङ्क्रमण देखिएको हो । झापाको मेचीनगरमा २, भद्रपुर, बुद्धशान्ति, दमक र बाहृदशीमा १–१, मोरङको विराटनगर, बेलबारी, सुन्दरहरैचा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१, धनकुटाको धनकुटामा २ र तेहृथुमको म्याङ्लुङमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८ महिला र १६ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८४५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।