धरान : आज महाशिवरात्रिको अवसरमा धरान-१४ मा रहेको पिण्डेश्वर मन्दिरमा शिव भक्तहरूको ठुलो घुइँचो लागेको छ।

गत वर्ष कोरोना महामारीको कारण मठ मन्दिर खुल्ला थिएनन् । यसबर्ष कोरोना महामारी केही कम भएपछि मठ मन्दिरमा पूजा गर्न आउने र दर्शन गर्न आउनेहरू बढेका हुन् । 

विशेष गरेर धरानको पिण्डेश्वर मन्दिरमा साउनमा बोलबम मेला र महाशिवरात्रिमा शिव भक्तहरूको घुइँचो लाग्ने गर्दछ । आज पिण्डेश्वरमा महाशिवरात्रिको अवसरमा भक्तजनको ठुलो भिड लागेको छ।  

Sibharatri-1Sibharatri-3Sibharatri-4Sibharatri-7Sibharatri-5Sibharatri-9Sibharatri-8Sibharatri-1