धरान : सुनसरीको गढी गाउँपालिका–६ मा ट्र्याक्टरको ठक्करबाट १ जना वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गढी–६ का ७० वर्षीय हरीछाल मगरदैता रहेका छन् । हिजो राती ९ बजे प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर पछाडि सार्ने क्रममा राम जानकी मन्दिर परिसर मा बसिरहेको अवस्थामा ट्र्याक्टरको डालाले ठक्कर लागि घाइते भएका मगरदैताको उपचारको क्रममा विराटनगर स्थित बिराटनर्सिङ होममा मृत्यु भएको हो । 

सवारी दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको छ ।