धरान : सरकारले भोलि बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

मन्त्रालयले आज एक सूचना जारी गर्दे बिहीबार बिदा दिइएको जानकारी गराएको हो । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड विशेष गरेर शेर्पा समुदायले मनाउने गर्दछन् ।

Gyalpo-losar