विराटनगर :  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण भएको छ । 

३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ७, झापामा ४, पाँचथरमा ३, धनकुटामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको उर्लाबारीमा ३, विराटनगर, बेलबारी, कानेपोखरी र सुन्दरहरैचामा २–२, सुनबर्षीमा १, सुनसरीको इटहरीमा ३, वराहक्षेत्रमा २, बर्जू र देवानगञ्जमा १–१, झापाको गौरीगञ्ज, भद्रपुर, मेचीनगर र कनकाईमा १–१, पाँचथरको फाल्गुनन्दमा ३, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६ महिला र २ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।