धरान : धरान-१६, स्टेडियम लाइन स्थित जेनिथ सेकेण्डरी बोर्डिङ स्कुलमा मिस्टर जेनिथ र मिस जेनिथ कार्यक्रम सम्पन्न भएको छ । 

अतिरिक्त क्रियाकलाप मार्फत विद्याथीर्को चौतर्फी व्यक्तित्व विकाश गरी हरेक क्षेत्रमा अब्बल नागरिक बनाउने हेतुले यो कार्यक्रमको आयोजना गरिएको हो ।

मिस नेपाल आइडल:२०१८ र अफिसियल कोरीयोग्राफर मेरिना तुम्सा लिम्बुको १० दिने अनुशिक्षण कार्यक्रममा जम्मा महिला र पुरुष गरी ४० विद्यार्थीहरू सहभागी थिए । यिनै अनुसिक्षित विद्यार्थीहरूलाई सिनियर र जुनियर समूहमा विभाजन गरी परिचय राउण्ड, ट्यालेण्ट राउण्ड र र्‍याम्प वाक क्याटेगोरिको आधारमा मिस्टर जेनिथ र मिस जेनिथ प्रतियोगिता सम्पन्न भएको छ ।

पहिलो मिस्टर जेनिथ र मिस जेनिथको ताज निर्णायकहरू मेरिना तुम्सा लिम्बु, स्वेता भुजेल र रजनी लिम्बुले दिएको अंक तालिकाको आधारमा सिनियर तर्फ श्री स्वाभिमान जवेगु र  मोनिका तामाङ भने जुनियर तर्फबाट रिज्वाइ लिम्बु र अकिता राईले जित्न सफल भएका थिए ।

यस्तै गरी सिनियर तर्फका सब टाइटलहरू क्रमशः पुरुषबाट वेस्ट पर्साेनालिटिमा प्रिन्स विश्वकर्मा र वेस्ट स्माइलमा राजहाङ लिम्बुले जित्न सफल भएका थिए भने महिलाबाट वेस्ट पर्साेनालिटिमा फुङनुमा लिम्बु र वेस्ट स्माइलमा अनिसा तामाङले जित्न सफल भएका थिए ।

जुनियर तर्फका सब टाइटलहरू क्रमशः  पुरुषबाट वेस्ट पर्साेनालिटिमा साउगात लिम्बु, महिलाबाट वेस्ट पर्साेनालिटिमा अश्लिसा श्रेष्ठ र पुरुषबाट वेस्ट  स्माइलमा एरोन लिम्बु र महिलाबाट वेस्ट  स्माइलमा नुज्बी तुलाधरले जित्न सफल भएका थिए ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल सुमन जवेगुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई उदघोषकद्धय शिक्षिका समता लिम्बु र पुष्पकला राईले अत्यन्त मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरी प्रतियोगिता सम्पन्न भएको भाइस प्रिन्सिपल  पूजा ताम्राकारले जानकारी दिइन् ।