झापा : झापाको दमकमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 
दमक-४ को ताराबारी ढाट नजिक रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रकमा ठोक्किएको मोटरसाइकलमा आगलागी भएको र आगोमा परेर चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिंहका ३२ वर्षीय हमिद अन्सारी रहेका छन् । मृतक अन्सारीको शवलाई दमक अस्पतालमा राखिएको छ।