धरान : धरान-१८ बुद्धचौक स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नं. १०९ मा फेला मृत परेकी महिलासँगै कोठामा बसेका पुरुषको धनकुटाबाट पक्राउ परेका छन् । 

प्रहरी स्रोतले दिएको जानकारी अनुसार धनकुटाको पख्रिबास नगपालिका फलाटेका पुरुष रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको सहकार्यमा मृतक महिलासँगै बसेका ती पुरुष पक्राउ परेको बताइएको छ । 

पक्राउ परेका पुरुषको पहिचानका लागि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवर धनकुटा जाँदै गरेको बताए । अहिले सम्म पक्राउ परेका पुरुषको बारेमा बृस्तिृत जानकारी प्रहरीले दिएको छैन । पक्राउ परेका पुरुषलाई धरान ल्याउने तयारी भइरहेको बताइएको छ ।

गत मंगलबार धरान-१८ बुद्ध चौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ठ हाउसमा पाँचथरको मिक्लाजुङ १ की ३९ वर्षीय सुमित्रा तामाङ मृत फेला परेकी थिइन् । मृतकको शवको पहिचान उनकै छोराछोरीले गरेका थिए ।  

उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका-५ तुलसा टोलमा विगत ४,५ वर्ष देखि बसोबास गर्दै आएका थिए ।