चतरा : वराहक्षेत्र–२ स्थित पुनरबासमा रहेको आदर्श सामुदायिक वन उपभोक्ता समूहले शनिवार ११ औँ वार्षिक साधारण सम्पन्न गरेको छ । 

साधारण सभामा उपभोक्ता समितिले वन संरक्षण र उपभोक्तालाई केन्द्रित गरेर महत्त्वपूर्ण योजना प्रस्तुत गरेको छ । समूहका सचिव अमर कटुवालले बन संरक्षण गर्ने वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिँदै वृक्षारोपण र सामुदायिक वन भित्र पर्यटकीय स्थल निर्माण गर्ने भावी योजना रहेको बताए ।

सचिव कटुवालले गरिब तथा न्यून आए भएका पहिचान गरी हरेक वर्ष ७ उपभोक्ताहरूलाई निःशुल्क ५ देखि १० क्यूफिट काठ उपलब्ध , जङ्गली हात्ती घर भत्काए क्षतिपूर्ति स्वरूप उपभोक्तालाई निःशुल्क ५ देखि १० क्यूफिट काठ उपलब्ध वा ५ हजार नगद उपलब्ध गराउने , उपभोक्ताको आय आर्जन र रोजगारीका लागि निःशुल्क ड्राइभिङ तालिम , सिलाई कटाई तालिम, उद्घोषण तालिम तर खोला नियन्त्रण गर्न बाघ र वन संरक्षण प्राथमिकताका साथ समूहले गर्ने बताइएको छ ।

समूहकी अध्यक्ष टेकमाया पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा आय, व्यय र भावी योजना सचिव कटुवालले प्रस्तुत गरेका थिए । भने लेखा प्रतिवेदन लेखा संयोजक अर्जुन कार्कीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि वराहक्षेत्र वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई , प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरि रहेका थिए । 

साधारण सभामा स्थानीय उपभोक्ताले नगरपालिकाले स्थानीय बस्तीसँग जोडिएको खोलाबाट नदीजन्य बस्तु उत्खनन गर्दा बस्ती जोखिममा परेको  गुनासो गरेका थिए । वराहक्षेत्र नगरपालिकाले बर्सेनि टेन्डर आव्हान गरी पटनाली खोलाबाट ढुङ्गा , गिटि निकाल्दा पुनरबास र रेल्वे लाइनको बस्ती जोखिममा परेको स्थानीयले गुनासो गरे । जथाभाबी खोला उत्खनन गर्दा खोला गहिराउँदा गाई बस्तु पर्ने , आव जावतमै समस्या र बस्ती तिर जमिन कटान गर्ने गरेको स्थानीयले बताए ।

वराहक्षेत्र नगरपालिका वडा नं २ रहेको पटनाली खोलाबाट अत्यधिक रूपमा  नदीजन्य बस्तु उत्खनन गर्दा बर्सेनि वन जङ्गलमा क्षति समेत हुने गरेको छ । वराहक्षेत्र नगरपालिका (स्थानीय सरकार)ले हरेक वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन (इआइइ) गरेर पटनाली खोला , बाघ खोला लगायतका खोलाहरू उत्खनन गर्न टेन्डर लगाएर स्थानीय सरकारले बजेटको स्रोत बनाए पनि वन क्षेत्र संरक्षण गर्न चासो नदेखाएको स्थानीयको आरोप छ ।