धरान : धरानकी सञ्चारकर्मी तथा अधिकारकर्मी सुनिता केसी मृत फेला परेकी छिन् । 

सञ्चार क्षेत्र र विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी आज दिउसो घरमै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

मृत्युको कारण खुल्न सकेको छैन । पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्यसमेत रहेकी केसी घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी महिला सञ्जाल धरान नगरकी सदस्य समेत हुन् । 

केसी नेपाल पत्रकार महासङ्घ सुनसरीको साधारण सदस्य, धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवनको कोषाध्यक्ष  र आसरा सुधार केन्द्रकी सदस्य पनि हुन् ।