विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण भएको छ । २७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २-२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो । मोरङको पथरीशनिश्चरेमा ३, विराटनगरमा २, रङ्गेली, ग्रामथान, सुन्दरहरैचा र सुनबर्षीमा १-१, सुनसरीको इनरुवा र इटहरीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको त्रियुगामा १, प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३२ महिला र २१ पुरुष रहेको छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।