धरान : धरान उपमहानगरपालिका-१५ कृष्ण पथमा करेन्ट लागी १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका  ३५ वर्षीय मौसम प्रधान रहेका छन् । आइतबार बेलुका ६ बजे  पदम बहादुर गुरुङको घरमा ट्रस्ट लगाउने क्रममा अचानक करेन्ट लागी छतबाट भुईँमा लडी घाइते भएका उनको उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाए लगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा  थप अनुसन्धान भइरहेको जनाएको छ ।