चतरा : नेपाली काँग्रेस वराहक्षेत्रका नेताहरू सामाजिक कार्यमा सक्रिय बन्दै गएका छन्। स्थानीय विपन्न, गरिब तथा असहाय परिवारलाई केन्द्रित गर्दै वराहक्षेत्र काँग्रेसका नेताहरू सेवामुखी कार्यमा लागेका हुन् ।    
मङ्गलवार बिहान सेवामुखी कार्यलाई निरन्तरता दिँदै वराहक्षेत्र नगरपालिका वडा नं ८ का अपाङ्ग बलराम चौधरीलाई एक थान ह्विल चेयर प्रदान गरेका छन् । यस अगाडि नेपाली काँग्रेसका नेताहरूले वराहक्षेत्र-४ मा छेदन चौधरीलाई घर निर्माण गरिदिएका थिए, कोभिडको समयमा विपन्नलाई खाद्यान्न, बिरामीलाई फलफूल र सङ्क्रमित क्षेत्रमा सेनिटाईज, अग्नि पीडितलाई राहत, बाढी पीडितलाई खाद्यान्न, उद्धार लगायतका काम गर्दै आएका थिए ।
मङ्गलवार प्रदान गरिएको ह्विल चियर नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि सुरेन्द्र प्रसाद गुप्ताको संयोजनमा उपलब्ध भई वितरण गरिएको थियो। ह्विल चियरसंगै चौधरीको परिवारलाई खाद्यान्न खरिदका लागि नगद समेत प्रदान गरिएको नेपाली काँग्रेस वराहक्षेत्र ८ का सभापति खेमबहादुर थापाले जानकारी दिए । उक्त सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नगर सभापति रमेश कार्की, महाधिवेशन प्रतिनिधिहरू बाबुराम विष्ट, अनु गुरुङ, सुरेन्द्रप्रसाद श्रेष्ठ, नगर सदस्य तुलसीप्रसाद श्रेष्ठ,  वडा सभापति खेमबहादुर थापा लगाएको उपस्थिति रहेको थियो ।