धरान : धरानमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै छ । 

प्रतियोगिताको उद्घाटन धरान-१६ स्थित रङ्गशालाको स्टेडियममा हुनेछ । फुटबल प्रशिक्षक अर्जुन राईका अनुसार आज ११ बजे उपमहानगरपालिकाका मेयर तिलक राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

रङ्गशालाको स्टेडियम हलमा कराँते, उसु, तेक्वान्डो र कबड्डी प्रतियोगिता हुनेछ । यस्तै, यूनाईटेड स्कुलमा भलिबल प्रतियोगिता हुनेछ भने डिपोट स्कुलमा एथलेटिक्स प्रतियोगिता हुनेछ । प्रतियोगितामा धरान क्षेत्रभित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरूले भाग लिनेछन् ।

आजदेखि सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २८ गते हुने धरान उपमहानगरपालिकाले जनाएको छ ।