धरान : सङ्खुवासभामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । 

आज विहान साढे ७ बजे सङ्खुवासभाको मादी रामबेनीबाट झापाको दमक आउँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुवाहक बस कच्ची सडकबाट अन्दाजी ३ सय मिटर तल झर्दा १४ जना यात्रुको मृत्यु भएको प्रहरीले बताएको छ । 

दुर्घटना पिलुवा खोला देखि ३ किलोमिटर माथि मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको भएको हो ।

घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले अहिले सम्म दुर्घटनामा परि १३ जनाको शव निकालिएको जानकारी दिएको खाँदवारिका सञ्चारकर्मी दीपेन्द्र शाक्यले कपुरी न्युजलाई बताए । 

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ५ जनाको अवस्था गम्भीर रहेको छ । अहिले घटना स्थलमा उद्धार कार्य चलिरहेको छ । मृतकको सनाखत हुन सकेको छैन भने अझै घटनाको पूर्ण विवरण आइसकेको छैन । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु सवार थिए ।