धरान : धरान उपमहानगरपालिकाको आयोजनामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता फागुन २८ गते देखि हुने भएको छ ।

बिहीबार धरान भेट्रान फुटबल क्लबले उपमहानगरपालिकामा सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिता यही फागुन २८ गतेदेखि चैत्र १२ गतेसम्म हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रतियोगिता धरान १६ स्थित रङ्गशालामा हुनेछ । भेट्रान फुटबल क्लबका सचिव सतिश केशीका अनुसार प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइनेछ ।

२२ औँ संस्करणको अन्तर वडा स्तरीय गोधुली रनिङ कप फुटबल प्रतियोगितामा उत्कृष्ट सुपर ८ भित्र पर्ने धरानका वडाहरूले सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउने उनले बताए । उनका अनुसार सुपर ८ लिग फुटबल प्रतियोगितामा वडा नं. ८, ११, १३, १४, १५, १६, १८ र १९ ले भाग लिनेछन् ।

धरान भेट्रान फुटबल क्लबका अध्यक्ष रोमी मोक्तानले प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १ लाख रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने बताए । यस्तै, प्रतियोगिताको वेस्ट गोलकिपर, वेस्ट डिफेन्स, वेस्ट मिडफिल्ड, वेस्ट फरवार्ड र वेस्ट प्रशिक्षकले नगद ५/५ हजार रुपैयाँ दिइने उनले जानकारी दिए । साथै, उनले प्लेयर अफ दी टुर्नामेन्टले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने बताए । 

Super