धरान : मानव स्वास्थ्य, वातावरण र पर्यटनको क्षेत्रका कार्य गर्दै आएको सेवक अभियानको  धरानमा स्वास्थ्यको लागि पदयात्रा कार्यक्रमले २०० औ सप्ताह बनाएको छ।
शनिवार अभियानले २०० औ सप्ताह अन्तर्गत एग्रो टुरिजमलाई प्रवर्द्धन गर्दै पदयात्रा सम्पन्न गरेको छ। पदयात्रा धरानको सिहंदेवि चोक देखि सुरु भएर कृषि उपज बजार स्थल, विजयपुर, अर्ग्यानिक कृषि क्षेत्र बसन्तटार, नीराजन मार्ग, पालिका सब्जी बजार हुँदै पुनः सिहंदेवि चोकमा आएर समापन भएको थियो। उक्त पदयात्राले ९ किलोमिटर दुरी तय गरेको अभियन्ता राजीव हलुवाईले बताए। 
पदयात्रामा कार्यक्रममा प्रदेश न १ का सभामुख प्रदीपकुमार भण्डारी, यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र प्रसाद घिमिरे, पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू, प्रदेश सांसद उमिता बराइली, वीणा राई, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, सागर फिड्स प्रालीका व्यवस्था निर्देशक ज्ञानेन्द्र पराजुली लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, पत्रकार, व्यवसायी, सेवक अभियानका अभियन्ता धरान र धरान बाहिरका सय भन्दा बढी  पदयात्रीहरूको उत्साहजनक उपस्थिति रहेको अभियानका अभियन्ता एवम् पदयात्रा कार्यक्रमका संयोजक दीप श्रेष्ठले जानकारी दिए ।
सेवक अभियानका अभियन्ता एवम् अध्यक्ष राजीव हलुवाईले२०० औ सप्ताहमा धरानमा रहेको कृषि पर्यटन प्रवर्द्धनका लागि धरानमा रहेको कृषीबजार र अर्ग्यानिक कृषि उत्पादन क्षेत्रको अवलोकन गर्दै पदयात्रा गरिएको बताए।  
sewak-200--5
sewak-200--3sewak-200-4sewak-new-200