धरान : धरान-१४ स्थित विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर परिसरमा रहेको सरस्वती कुण्ड जोखिममा परेको छ । 

पछिल्लो समय पिण्डेश्वर मन्दिर आसपासमा मानव बस्ती बढेसँगै पिण्डेश्वर मन्दिर देखि गौधारा सम्मको सडक भित्तामा अव्यवस्थित बसोबासले गर्दा विजयपुरको सडकको मापदण्ड ३० फिट समेत नबन्ने अवस्था आएको छ ।

Pindeswar-16त्यो सँगै बाबाधाम मार्गमा घडेरी खन्दा निस्किएको माटो व्यवस्थापन पिण्डेश्वर मन्दिर देखि मास्तिर गरिएकोले सो माटो बर्षायाममा बगेर सरस्वती कुण्डमा पस्ने र पोखरी पुरिने जोखिम बढेर गएको छ । कमेरे माटोको थुप्रो सडक किनारामा व्यवस्थापन गर्दा त्यो माटो बगेर पिण्डेश्वर मन्दिरको सरस्वती कुण्डमा पस्ने प्रबल सम्भावना रहेको छ । यसबारेमा धरान उपमहानगरपालिका बेखवर हुँदा आउने बर्षायाममा पोखरी जोगाउन मुस्किल हुने देखिन्छ । 

Pindeswar-11यसबारेमा डा. राजेन्द्र शर्मा भन्छन् – पोखरी देखि मास्तिरबाट बगेर आउने खोल्सीको व्यवस्थापन गर्न अत्यन्तै जरुरी छ । खोल्सीको मुहान नै त्यही भएकोले पोखरीमा बाहिरबाट पानी पस्ने सम्भावना नदेखिए पनि खोल्सीलाई ग्याविन वाल लगाएर समयमै व्यवस्थापन गर्नुपर्ने शर्माको भनाई छ । 

विजयपुरको सडक मापदण्ड ३० फिटको रेडक्रस चौक देखि विजयपुर चौक हुँदै बुढासुब्बा मन्दिर सम्म निर्माण सम्पन्न भएको छ । तर त्यही मापदण्डको सडक पिण्डेश्वर मन्दिर हुँदै गौधारा सम्म निर्माण गर्न असम्भव देखिएको छ । बाबाधाम मार्गमा अव्यवस्थित बसोबास बढ्नुले गर्दा अव त्यहाँ जसो तसो गरेर ३० फिट होइन २० फिटको मात्रै सडक बनाउन सकिने अवस्था आएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

Pindeswar-7तर यसबारेमा डा. राजेन्द्र शर्माले यहाँको सडक पनि ३० फिटकै बनाउनमा धरान उपमहानगरपालिकाको ध्यान जानुपर्ने बताउँछन् । धरानको अन्त ठाउँमा जसरी मेयर र उपमेयर लागेर अव्यवस्थित बसोवासीको व्यवस्थापनमा लागिरहेका छन् यहाँ पनि अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाएर लानुपर्ने डा. शर्माको भनाई छ ।

Pindeswar-14विजयपुरको प्रमुख धार्मिक स्थल मध्येको एउटा मुख्य धार्मिक स्थल पिण्डेश्वर मन्दिरको हाता भित्र रहेको सरस्वती कुण्ड यस्तो पोखरी हो जहाँ न बर्खा याममा पानी पर्दा भरिन्छ नत हिउँदको सुख्खा याममा नै पोखरी सुक्छ । सधैँ पानीले भरिरहने पोखरी सरस्वती कुण्ड पछिल्लो समय संरक्षणको अभावमा जोखिममा परेको छ । 

Pindeswar-13पिण्डेश्वरको इनार : 

हामी प्राय सबैले तराईमा मात्रै इनार देखेका छौ । तर पहाडी क्षेत्रमा इनार हुनु अर्को अनौठो कुरो हो । तर धरान-१४ विजयपुरको पिण्डेश्वर मन्दिर नजिकै इनार रहेको छ । त्यहाँ इनार मात्रै छैन । अहिले त्यही इनारबाट नजिकैका बासिन्दाले खानेपानी पनि उपभोग गर्ने गर्दछन् । विजयपुरको पिण्डेश्वर मन्दिर परिसरमा रहेका सरस्वती कुण्ड र यो इनार कहिले बनेका हुन भन्ने अभिलेख नभएको भए पनि यसको संरक्षण र सर्वद्धनमा स्थानीय सरकारको ध्यान जानुपर्ने लेखक भगिराज इङ्नामको भनाई छ । 

Pindeswar-12Pindeswar-9सेनकालीन ढुङ्गा :

पिण्डेश्वर मन्दिर परिसर भित्र थुप्रै खाले विभिन्न खालका ढुङ्गाहरू असरल्ल देख्न पाइन्छ । यी ढुङ्गाहरू सेनकालीन ढुङ्गा भएको बताइन्छ ।पिण्डेश्वर मन्दिरको हाता भित्र रहेका यस्ता ढुङ्गा र सेनकालीन इँटाहरू पछिल्लो समय क्रमशः हराउँदै गइरहेका छन् । यसबारेमा पनि पुरतत्वविधहरुले चिन्ता प्रकट गर्दै आएका छन् । 

Pindeswar-2Pindeswar-3एउटै ढुङ्गाको बसाहा : 

पिण्डेश्वर मन्दिर भित्र रहेको शिवको बाहान साढे अर्थात् बसाहा पनि एक अनौठो मूर्तिमा गनिन्छ । त्यो बसाहाको मूर्ति एउटा सिङ्गो ढुङ्गाबाट निर्माण गरिएको छ ।

पिण्डेश्वर मन्दिरमा भीमसेन थापाले चढाएको एउटा घण्टा पनि रहेको छ । यो घण्टा पनि मन्दिरको एउटा ऐतिहासिक घण्टा हो । 

Pindeswar-4स्थानीय सरकारको भूमिका : 

धरानमा अव्यवस्थित बसोबासको समस्या धरान-१४ मा मात्रै होइन अरू तिर पनि छ । यसलाई व्यवस्थित बनाउन स्थानीय सरकारको जिम्मेवारी पनि हो ।

धरानको मुख्य धार्मिक पर्यटकीय स्थल जाने बाटो मापदण्ड अनुसार बन्नै नसक्ने गरी बनिरहेका संरचनाको बारेमा धरान उपमहानगरपालिकाको ध्यान जान जरुरी छ । पर्यपर्यटनको कुरा गर्ने अनि भएका संरचनाहरूको संरक्षण र सम्र्वद्धनमा ध्यान नदिनु पक्कै ठिक होइन । त्यसैले विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर परिसरमा भइरहेको पछिल्लो गतिविधिमा धरान उपमहानगरपालिकाको तत्कालै ध्यान जान जरुरी छ ।