रङ्गेली : मोरङको रङ्गेली नगरपालिका-२ मङ्गलवारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार विराटनगर महानगरपालिका ५ का ४१ वर्षीय बलराम बर्तौला रहेका छन् भने चालक विराटनगरकै १६ वर्षीय कमल भन्ने कुनाल बर्तौला घाइते भएका छन् ।
शनिवार दिउसो साँढे २ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश न ०१-०४-००१ प ७१६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनाबाट घाइते भएका बलरामको उपचारको लागी कोसी अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो भने घाइते कुनालको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।