धरान : नेपाली काँग्रेसले एक कार्यक्रमको आयोजना गरी १४ नम्बर वडाको नारायणपुर टोल कार्य समिति गठन गरेको छ ।

अर्जुन निरौलाको संयोजकत्वमा ३१ सदस्यीय नारायणपुर टोल कार्य समिति गठन भएको हो । समितिको सदस्यमा पुनम भट्टराई, चन्द्रकला पौडेल, हरि पौडेल, हरिहर खतिवडा, निता सत्याल, सरिता राई, शुक्र राई, दुर्गा पौडेल, प्रशन्न भट्टराई, चन्द्रमणि नेपाल, टिका कार्की रहेका छन् । 

यसै गरी सुजन कार्की, टिकाराम पराजुली, साजन भट्टराई, सुनियना आले, मनोहरी तामाङ, कृतिका घिमिरे, भीमा श्रेष्ठ, मैयाँ श्रेष्ठ, विजय लिम्बु, सन्दीप मगर, गीता पराजुली, पूर्णबहादुर कार्की, सुव्रिना लिम्बु, लक्ष्मी तामाङ, देव आले, इश्वरा पौडेल, बविता राई, जमुना राई, भीमा खतिवडा र कमला राई सदस्य रहेका छन् । 

अर्जुन निरौलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सचिव माधव घिसिङ, विशेष अतिथि नेपाली काँग्रेस प्रदेश १ क का सभापति अनिल श्रेष्ठ रहेका थिए । कार्यक्रममा नेपाली काँग्रेस धरान उपमहानगर कमिटीका सभापति श्याम पोखरेल, बुथ कार्य समिति सदस्य श्याम श्रेष्ठ, १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, मन्जिल कसजु, शोभा पुलामी लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सुवास खतिवडा, शम्भु खतिवडा, निश्चल श्रेष्ठ, मणिराम दाहाल र सुरज खतिवडा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूले स्वागत सम्मान गरेका थिए ।