धरान : मोरङको विराटनगर महानगरपालिका–१५ बाट ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्चोकका ३८ वर्षीय संदिप खडका, स्वयम्भू नगरपालिका–१५ काठमाण्डौका २३ वर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका–५ रामेछापका ३४ वर्षीय कृष्ण बहादुर मगर रहेका छन् ।

गए राती साढे १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले शङ्कालागि चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद १ लाख ५ हजार बरामद गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।