धरान : धरानमा भोलि चैत २ गते देखि ८ गते सम्म कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइने भएको छ । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार गएको माघ १६ देखि २१ गते सम्म धरानका विभिन्न विद्यालयमा अध्ययनरत १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूले पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्राको खोप दिन लागिएको हो । 

चैत २ र ३ गते र ६,७ र ८ गते ५ दिन धरानका विभिन्न शैक्षिक संस्थाहरूमा पुगेर दोस्रो मात्राको खोप लगाइने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । मोर्डना खोपको पहिलो मात्रा साढे १७ हजार १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकाले लगाएका थिए । 

Mordana-Khop-1Mordana-Khop-2Mordana-Khop-22Mordana-Khop-3Mordana-Khop-4