धरान : विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मानमा आयोजना हुने पाँचौँ भोजपुर ट्रेल रेस आगामी चैत १२ गते हुने भएको

मिरा राई फाउन्डेसनको आयोजनामा हुने भोजपुर ट्रेल रेसको बारेमा धरानमा पत्रकार सम्मेलनको आयोजना गरी चौथो संस्करणमा ३६ किलो मिटरको रेस भएकोमा यस पटक अन्तर्राष्ट्रिय मान्यता अनुसार ५० किलो मिटरको बनाइएको फाउन्डेसनका सचिव केशर राईले बताए

मिरा राईको जन्मस्थलमा हुने भोजपुर ट्रेल रेस पौवादुङमा-सानोदुङमा हुनेछ यस पटकको रेसलाई आईटीआरए अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको नेपालमा वटा रेस सञ्चालन भइरहेको मध्ये भोजपुर ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेकोले यस पटक वटा इभेन्टमा रेस हुने अन्तर्राष्ट्रिय मान्यता अनुसार ५० किलो मिटरको महिला पुरुष सहभागी हुने यो इभेन्टमा देशभरका राष्ट्रिय धावक धाविका विदेशका धावक धाविकाहरूले सहभागिता जनाउने छन् यो इभेन्टमा प्रथम हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार चौथो हुनेले १० हजार सान्त्वना हुनेले हजार रुपैयाँ नगद पाउनेछन्

यसैगरी १० किलो मिटरको इभेन्टमा स्थानीय पौवादुङमाका मात्रै सहभागी हुन पाउने छन् १० किलो मिटरमा प्रथम हुनेले १० हजार, दोस्रोले हजार तेस्रो हुनेले हजार रुपैयाँ पुरस्कार पाउनेछन् यसै गरी अर्को इभेन्ट बालबालिका मात्रै सहभागी हुन पाउने किलो मिटर दुरीको रेसमा पनि प्रथम हुनेले १० हजार, दोस्रोले हजार तेस्रो हुनेले हजार रुपैयाँ पुरस्कार पाउनेछन्

यस पटक भोजपुर ट्रेल रेसमा सय जना जति राष्ट्रिय, अन्तर्राष्ट्रिय धावक धाविकाहरूको सहभागिता हुने पनि सचिव केशर राईले बताए अहिले सम्म हङकङ, युके भारत लगायतका देशहरूबाट धावक धाविकाहरू सहभागी हुने बताइएको रेसमा सहभागी हुनकालागि इन्ट्री शुल्क ५० किलोमिटरका लागि हजार विद्यार्थी भएको खण्डमा सय १० किलोमिटरका लागि सय किलोमिटरका लागि सय रुपैयाँ निर्धारण गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको