धरान : उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोक मार्गमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । 
आज बिहान पौने ११ बजे स ७ प ८६९२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदल यात्री बेलका नगरपालिका– ३ कि ७६ वर्षीय राम माया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल र चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय विष्णु भट्टराईलाई इलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।