धरान : स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको वडा नं. १९ र १६ ले अङ्क बाडेका छन् ।

बिहीबार धरान रङ्गशालामा भएको खेल गोल रहित बराबरीमा सकिए पछि दुवै टोलीले एक एक अङ्क बाडेका हुन् । बिहीबार भएको खेलमा दुवै टोलीले पाएको अवसरमा गोल गर्न नसक्दा अङ्क बाँड्नु परेको हो । खेलको म्यान अफ द  म्याच धरान–१९ का टिम क्याप्टेन प्रमेश राई घोषित भए । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समूह बी मा रहेका दुवै टोली अघिल्लो खेलमा पराजित भएका थिए । १९ नं. वडा ८ नं. वडासँग पराजित भएको थियो भने १६ नं. वडा १३ नं. वडासँग पराजित भएको थियो ।

समूह बी मा अहिले समान ३ अङ्कका साथमा वडा नं. १३ र १६ पहिलो स्थानमा छन् भने एक एक अङ्कका साथ १९ नं. वडा र १६ नं. वडा छन् । अब १६ र १९ लाई सेमिफाइनलमा पुग्न कठिन भएको छ । अब १६ र १९ ले अन्तिम एक खेल मात्र खेल्न बाकी छ । अन्तिम खेलमा जित हात पारे पनि सेमिफाइनलमा पुग्न कठिन हुनेछ ।

शुक्रवार वडा नं. १५ र १४ का बिच धरान रङ्गशालामा बिहान ७ बजे खेल हुने आयोजकले जनाएको छ । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन् । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Point-Table