धरान :  झापाको बिर्तामोड नगरपालिका–५मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । 

घटनामा संलग्न बिर्तामोड–५ का ४० वर्षीय श्रीमान् कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी विवाद हुँदा आफ्नै श्रीमती ३९ वर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए ।

श्रीमानको कुटाइबाट घाइते भएकी खेमजुङको कनकाई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात् थप उपचारको लागि विराटनगर  स्थित नोबेल अस्पताल ल्याइएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी आफन्तले बिर्तामोड स्थित माइती घर लगिएकोमा उनको गए राती साढे १० बजे मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।