धरान : इलामको माई नगरपालिका–१ स्थित तेह्र कुने सिमसार पोखरीमा डुबी एक वालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय तेज बहादुर राईको ११ वर्षीय छोरा बर्धन राई रहेका छन् ।  हिजो दिउँसो साढे ११ बजे राई साथीहरूसँग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबी बेपत्ता भएका थिए ।

डुबेर बेपत्ता भएका राईको पोखरीमा खोज तलास गर्ने क्रममा  प्रहरी चौकी दानवारिबाट खटिएको प्रहरी टोलीले पानीमा डुबी मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको छ ।