धरान : स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको वडा नं. १५ अङ्क तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ ।

आज बिहान धरान रङ्गशालामा भएको खेलमा १४ नं. वडालाई १–० गोल अन्तरले पराजित गर्दै १५ नं. वडाले ३ अङ्क जोडेको हो । दुई खेल खेलेको १५ नं. वडा ६ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ । आज भएको खेलमा १५ नं. वडाकोलागी एक मात्र गोल मदन लाबुङले गरेका थिए । खेलको म्यान अफ द म्याच धरान–१५ का आशुतोष राई घोषित भएका छन् । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोलि दिउसो ४ बजे समूह बी मा रहेका धरान–१३ र धरान ८ का बिच खेल हुने भएको छ । भोलिको खेल पछि दोस्रो चरणका खेलहरू सम्पन्न हुनेछन् । यस अघि १३ र ८ नं. वडाले एक एक खेल जित्दै समान ३ अङ्क सहित समूहको शीर्ष स्थानमा छन् ।

गोधुली रनिङ कपका उत्कृष्ट ८ टिम सहभागी प्रतियोगितामा ८ टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता भइरहेको छ । समूह विजेता र उपविजेता प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजेता टिमहरूले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फागुन २८ गते सुरु भएको प्रतियोगिता चैत्र १२ गतेसम्म चल्नेछन् । प्रतिगोयताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Point-Tebal