धरान : दुई वर्ष कोरोना महामारीले गर्दा धरानमा होली रौनक विहीन भएको थियो । तर यो वर्ष कोरोना महामारी घटेसँगै आज धरानमा होलीको रौनक गज्जबले देखियो ।

धरानको भानुचौकमा द आउटसाईडरर्स नेपालको आयोजनामा होली हंगमा सम्पन्न भएको छ । सो हंगममा धराने युवा युवतीहरूको व्यापक सहभागिता रहेको थियो । होली हेगमामा लासोर्च व्यण्ड, भ्रम ब्यान्ड, एफथ्रि टाइम ब्यान्ड र द आउट साईडर नेपालले आ आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । हजारौँ युवा युवती सहभागी सो कार्यक्रममा द भिकोर फिटनेसले जुम्बा नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा डिजे एल्बीनाको पनि प्रस्तुति रहेको थियो । 

धरानमा विगतको तुलनामा केही कम होलीको रौनक देखिएको थियो । कोरोना महामारी पूर्व धरानमा औधी ठुलो रङ्ग खेल्ने समूहको भिडभाड देखिने गर्दथ्यो । तर पनि यो वर्ष कोरोना महामारी कम भएसँगै धरानमा आज पहिलो पटक खुल्लमखुल्ला सर्वसाधारणको उपस्थितिमा सार्वजनिक स्थानमा कार्यक्रम भएको । 

प्रशासनले होलीमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी सुरक्षा अवस्था कडा पारेसँगै धरानमा होली खेल्नेहरूको होली रौनक पनि सौहर्दपुणरुपमै देखिएको थियो ।  

Holi-Hangama-2Holi-Hangama-1Holi-Hangama-3Holi-Hangama-9Holi-Hangama-8Holi-Hangama-7Holi-Hangama-6Holi-Hangama-5