धरान : रङ्गको पर्व फागु अर्थात् होली विभिन्न रङ्गी विरङ्गी रङ लगाएर एक आपसमा सदभाव कायम गर्दै खेल्ने गरिन्छ । तर धरानका सञ्चारकर्मीहरूले होलीमा बेसार लगाएर होलीको शुभकामना आदानप्रदान गरे । 

अग्रज सञ्चारकर्मी केशव घिमिरेद्वारा भर्खरै सञ्चालनमा आएको टर्मो एग्रो हर्बाे प्रडक्ट एण्ड प्रोसेसिङ प्रा.ली. (एमकेजी) ग्रुपद्वारा आयोजित होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा एमकेजी ग्रुपद्वारा उत्पादन भएको बेसार लगाएर होली मनाएका हुन् । 

नेपाल पत्रकार महासङ्घको पूर्व अध्यक्ष केशव घिमिरेले पछिल्लो समय कोरोना महामारीले थलिएको सञ्चार क्षेत्रबाट कृर्षि व्यवसायमा हात हालेसँगै एमकेजी ग्रुपले केही दिन यता बेसार उत्पादन सुरु गरेको अवसरमा सञ्चारकर्मीहरूलाई जानकारी दिँदै कार्यक्रम आयोजना भएको थियो । 

कार्यक्रममा आफ्नो उत्पादनको बारेमा एमकेजी ग्रुपका केशव घिमिरेले जानकारी दिए । कार्यक्रममा धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, वरिष्ठ पत्रकार हर्ष सुब्बा, भवानी बराल, महेश श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष जनकऋषी राई लगायतले होलीको शुभकामना आदन प्रदान गर्दै पत्रकार केशव घिमिरेलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । 

औपचारिक कार्यक्रम सकिए पछि कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरू बिच एक आपसमा एमकेजी ग्रुपद्वारा उत्पादित बेसार लगाएर होली खेलेका थिए । सधैँ विभिन्न रङ्गी विरङ्गी रङ्गले होली खेल्दै आएका सञ्चारकर्मीको यस पटक बेसार लगाएर होली खेल्दै नौलो अनुभव लिएका छन् । बेसार रङ्ग मात्रै नभएर मानव स्वास्थ्यका लागि बहु उपयोगी भएको बारेमा चर्चा परिचर्चा पनि भएको थियो । कार्यक्रमको सञ्चालन तीर्थ कार्कीले गरेका थिए ।  

MKG-HoliMKG-Holi-1MKG-Holi-4MKG-Holi-3