धरान : आज धरान र वराहक्षेत्रको १ र २ नम्बर वडा सहित कोसी पहाडी क्षेत्रमा दिउसो ३ बजे सम्म बिद्युत अवरुद्ध भएको छ । 

बढ्दो गर्मियाम सँगै बढ्ने विद्युतिय भारलाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरण धरान स्थित हरियाली सब स्टेसन अन्तर्गत ३३/११ केभी हरीयाली धरान सब स्टेसन को स्विचयार्ड मा बस कन्डक्टर अपग्रेडिङ गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुन गएको नेपा विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख साजन महर्जनले जानकारी दिए ।

धरान, वराहक्षेत्रको १ र २ नम्बर वडा सँगै कोशी पहाडी क्षेत्र धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुममा पनि विद्युत अवरुद्ध भएको छ । दिउसो ३ बजे भन्दा अगावै कार्य सम्पन्न भएमा सोही अनुसार लाइन सुचारु हुने बताइएको छ ।