सङ्खुवासभा : सङ्खुवासभाको चैनपुर ११ गहते स्थित कोसी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। 
शनिवार दिउसो १२ बजे चैनपुरबाट खाँदबारी तर्फ आउँदै गरेको को २ त ४२९४  नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी ७ मिटर तल झरी दुर्घटना हुँदा चालक सङ्खुवासभा चैनपुर(३ पोखरीका २४ वर्षीय बिनाहाँङ लिम्बु र ट्याक्टर मालिक सोही स्थानका हेमन्त राई घाइते भएका थिए । 
घाइतेहरूलाई उपचारको लागी अस्पताल पटाइएकोमा ट्याक्टर मालिक राईको साढे १ बजे मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।