सुनसरी : गत चैत्र ४ गते सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका वराहक्षेत्र नगरपालिका ६ का १८ वर्षीय प्रेम कुमार पाण्डे मृत फेला परेका छन् ।
उनी गत चैत्र ४ गते दिउँसो साँढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए ।  प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो साँढे २ बजे डुबेर बेपत्ता भएको स्थान भन्दा करिब ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा उनको शव फेला पारेको हो ।
 शव फेला परेसँगै परीक्षणको लागी अस्पताल पठाएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।