धरान : नेपाली काँग्रेस  क्षेत्र नं १ 'क' का निवर्तमान सभापति धनबहादुर कटुवालको निधन भएको छ।
तत्कालीन पाँचकन्या गाविसमा सभापति भइसकेका तथा निर्वाचन क्षेत्र १ 'क' का पूर्व सभापति कटुवाल पेट सम्बन्धी क्यान्सरबाट पीडित थिए । उनको उपचारको क्रममा आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६० वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले जानकारी दिए । उनको निधनले नेपाली काँग्रेसलाई गहिरो क्षति पुगेको पोख्रेलले बताए ।
उनको पानबारी स्थित घरमा श्रद्धाञ्जलीका लागि केही समय राखेर आजै इटहरी स्थित बुढीगँगा मुक्तिघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।