इटहरी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । मोरङको सुन्दरहरैचामा कार्यकर्ता भेटघाटको क्रममा जनताको काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । 
कार्यकर्तासँगको भेटघाटको क्रममा उनले जित्ने नेताले नै टिकट पाउने भएकाले मनमा कुण्ठा नराखी चुनावमा लाग्न आग्रह गरे । सुन्दरहरैचा नगरपालिका विराटचोकको नेपालीरिका होटेलमा भेटघाट गर्दै देउवाले जनताको मन जित्ने काममा लाग्नुपर्ने बताए। 
महाधिवेशनको समयमा तिक्ततालाई बिर्सिएर निर्वाचनमा पार्टीलाई जिताउन लाग्नुपर्ने धारणा राखे । पालिका प्रमुख तथा स्थानीय नेताहरूसँगको भेटघाटमा उनले । सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्न पुगेका उनले अबको निर्वाचनमा काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाए ।