धरान : गए राति भेडेटार नजिक साँगुरीगढीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

गएराति ९ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका-६ साँगुरीगढी किल्ला नजिक गोलखाडी-भेडेटार भित्रीकच्ची सडक खण्डमा  भेडेटारबाट  गोलाखाडी तर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

सुमोमा सवार धनकुटाको साँगुरीगढी-७ बस्ने वर्ष १९ कि श्रेया राई गम्भीर घाइते भएकी थिइन् । उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उनको उपचारको क्रममा गए राति मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उक्त जिप र जिप चालक धनकुटा नगरपालिका-२ बस्ने वर्ष ४१ को  सत्यलाल इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेका छन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।