धरान : उदयपुरको लिम्चुम्बुङ गाउँपालिका–३ मा हिजो दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु  भएको छ । 

लिम्चुम्बुङ ३ को सडक खण्डमा गिट्टी लोड गरी उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका चालक मकवानपुर हेटौडाका २८ वर्षीय राजेन्द्र प्रजाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।