धरान : सरस्वती बाल आश्रमको सञ्चालक समितिमा विष्णुकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। ३४ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको हो।
आश्रमको प्रथम उपाध्यक्ष रुकामणि मास्के, द्वितीय उपाध्यक्ष शान्ता अधिकारी, महासचिव विकास कुमार बनेपाली, सचिव हरिप्रसाद साही, कोषाध्यक्ष विष्णुमाया लिम्बु रहेका छन् ।
सदस्यहरूमा अम्बिका राई, नैनकला न्यौपाने, राजेन्द्र शर्मा, राजेन्द्रकुमार भण्डारी, मनिष, खड्गी, रन्जिता कटुवाल, झन्कार गोविन्द लाखे, भरत क्षेत्री, एलिना मगर, सुजता राई, मानबहादुर मगर र सुधीर ताम्रकार रहेका छन् । 
बुधवार आश्रमको सभा हलमा भएमा प्रदेश नं. १ प्रदेश सभा सदस्य साबित्रा जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेका थिए ।