धरान : उदयपुरको त्रियुगा खोलामा डुबेर बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका-७ मा बस्दै आएका गौर बहादुर मगरको ५ वर्षीय छोरा निस्पल मगर रहेका छन् ।  हिजो साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुबिरहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा उपचारको क्रममा मगरको मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।