इटहरी : रियलमी मोबाइलको सर्भिस सेन्टर इटहरीमा खुलेको छ। शनिवार एक विशेष कार्यक्रमका बिच सर्भिस सेन्टरको उद्घाटन भएको हो । 
रियलमीका नेपाल प्रमुख मुनीस गिरिले इटहरीको सूर्य कम्प्लेक्समा सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । सर्भिस सेन्टर उद्घाटन पछि कुरा गर्दै गिरिले मोबाइल सबैभन्दा सहज र गोप्य डिभाइस भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए । 
प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर प्रोसेसर, बनावट देखी क्यामेरामा फोकस गरिएको उनको भनाई छ । रियलमी युवा प्रयोगकर्ताको लागि पुर्णत: लाभदायक हुने भन्दै गिरिले अबको समय रियलमीको भएको विश्वास व्यक्त गरे। 
नेपालमा प्रयोगकर्ताको विश्वासिलो ब्राण्ड हुन चाहेको र पछिल्लो समय त्यस्तै प्रतिक्रिया पाएको गिरिको अनुभव छ । पछिल्लो २ महिना देखी लिक्वीडिटि क्राइसिसले बजारलाई असर गरिरहेको उनको बुझाई छ। 
रियलमीका पूर्वाञ्चल बजार व्यवस्थापक रमन सुवेदीका अनुसार व्यापारिक हिसाबमा इटहरी प्रदेश १ कै केन्द्र भएकाले इटहरीमै सर्भिस सेन्टर खोलिएको हो । जसले गर्दा विराटनगर, धरान, बिर्तामोड देखी पहाडका प्रयोगकर्ताले समेत सेवा पाउने उनले सुनाए । मोबाइलमा केही समस्या आएमा सजिलै सेवा पाउनको लागि सर्भिस सेन्टर खोलिएको सुवेदीले जानकारी दिए । इटहरीलाई अन्य ब्राण्डले पनि ध्यान दिएको कारण आफुहरुपनि आकर्षित भएको उनको भनाई छ ।
रियलमीको अधिकृत विक्रेता तथा रत्न इन्टरप्राइजेजका सञ्चालक जर्मन पौडेल सर्भिस सेन्टर खुलेकोमा खुसी व्यक्ती गर्छन् । ओलीज स्टोर इटहरीका सञ्चालक समेत रहेका उनले मोबाइल विक्री सँगै प्रयोगकर्तामा सर्भिसको सेवाले आकर्षण थपेको उनले बताए । पछिल्लो समय मोबाइलको व्यापारमा खासै सुधार नभए पनि बजार सुधारोन्मुख भएको उनको भनाई छ । सर्भिस सेन्टर खुलेपछि ग्राहकले पनि ढुक्क भएर मोबाइल किन्ने अवस्था सृजना भएको उनले प्रस्ट पारे ।