धरान : सुनसरी र ओखलढुङ्गामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । 

सुनसरीको इटहरी–१५  आवाधी मधेसामा रहेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । अन्य बालकहरूसँगै खेल्दै घर नजिकै रहेको पोखरीमा पुगेका स्थानीय बच्चु चौधरीका ५ वर्षीय छोरा रोहित चौधरीको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवावाट प्रहरी टोली खटी गई अनुसन्धान भइरहेको छ ।

यसै गरी ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ का २५ वर्षीय ज्ञान प्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् । 

शनिवार बेलुका ५ बजे घरबाट हिँडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए । घटना सम्बन्धमा ओखलढुङ्गाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।