धरान : झापा र मोरङमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

हिजो दिउसो साढे १ बजेको समयमा मोरङको बुढिगंगा १ गंगाचौक स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण जाँदै  गरेको ना ३ ख २३९ नं. को नेपाली डिब्बावाला कन्टेनरले अचानक टर्निङ गर्ने क्रममा सोही दिशाबाट जाँदै गरेको स १० प २८८६ नम्बरको मोटरसाइकल उक्त कन्टेनरमा ठक्कर खाई दुर्घटना हुँदा  मोटरसाइकलमा सवार बढीगंगा २  बस्ने वर्ष २५ को किशोर कुमार माझी घाइते भएका थिए । 

माझीको उपचारको लागी  विराट मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा  साढे १ बजे मृत्यु  भएको प्रहरीले जनाएको छ । कन्टेनर र चालक सिन्धुलीको कमलामाई नगरपालिका बस्ने वर्ष ३४ को चन्द्र बहादुर देवकोटालाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।  

यसै गरी हिजो ५ः४० बजे झापाको बुद्धशान्ति –१ स्थित पुलचोक मेची राज मार्ग सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दक्षिण बाट उत्तर तर्फ जाँदै गरेको ना ३ ख ५४६२ नम्बरको ट्रक र सोही दिशा बाट जाँदै गरेको नम्बर प्लेट नभएको क्रस फायर बाइक चालक जिल्ला झापा बुद्धशान्ति गा.पा.वडा न.४ बस्ने वर्ष २५ का अञ्जन फागोले उक्त ट्रकलाई ओभर ट्याक गर्ने क्रममा अचानक मोटरसाइकल अनियन्त्रित भई उक्त ट्रकको पछाडि पट्टिको चक्कामा परि गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा  गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।