धरान : सुनसरीको रामधुनी नगरपालिका-६ बक्लौरीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

आज बिहान पौने ११ बजेको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक रामधुनी नगरपालिका-६ का वडा सचिव ५३ वर्षीय नन्द कुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका वडा सचिव श्रेष्ठलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।