धरान : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । 

हिजो राती साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका राईले सामान्य वादविवादको क्रममा रिसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेको र सोही कारणले राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।