धरान : झापाको मेचीनगर नगरपालिका-६ बाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउँपालिका-४ का ४३ वर्षीय किशोर सुनुवार र काठमाडौँ महानगरपालिका-५ का ३१ वर्षीय सन्त महर्जन रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३–०१–००६ ख ०६२६ नम्बरको बसमा सवार रहेका सुनुवार र महर्जनको साथबाट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको हो । 

ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।