धरान : डा. कमल तिगेला लिम्बूको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को पुनर्गठन भएको छ । 

समितिमा अध्यक्ष डा. कमल प्रसाद लिम्बु सुनसरी, उपाध्यक्ष डा.रूपक खनाल झापा, महासचिव खेम लोहनी मोरङ,  सचिव अधिवक्ता सुरेश घिमिरे धरान, कोषाध्यक्ष लक्ष्मी कुमारी थेबे इटहरी,  सदस्यहरूमा क्रमश : शान्ता न्यौपाने इटहरी, राधिका विक धरान, महेन्द्र काफ्ले तेह्रथुम, अम्बिका हाङबाङ ताप्लेजुङ,  प्रेम ओझा पाँचथर,  इन्द्रकुमार गिरी सङ्खुवासभा,  विदुर सुवेदी धनकुटा,  गणेश प्रधान भोजपुर, विमलकाजी श्रेष्ठ खोटाङ,  नूतन श्रेष्ठ सोलुखुम्बु, लक्ष्मी कार्की ओखलढुङ्गा,  ललित शाह उदयपुर , दिनेश श्रेष्ठ मोरङ,  ईश्वर मगर इलाम, नरप्रसाद लुम्भुङवा सुनसरी रहेका छन् । 

स्थानीय निर्वाचन आगामी वैशाख ३० गते तोकिएसँगै राष्ट्रिय निर्वाचन समिति  (नियोक) ले देश व्यापी निर्वाचन पर्यवेक्षण गर्ने भएको छ । नेपालको सात वटा प्रदेशमा प्रदेश समिति र ७७ वटै जिल्लामा जिल्ला समिति रहेको नियोकमा विगत २०४८ सालबाट लगातार देश तथा विदेशमा निर्वाचन गर्दै आइरहेको छ । नियोकले नेपाल सरकार निर्वाचन आयोगसँग स्वीकृति लिई देश व्यापिरुपमा स्वच्छ, निर्भय र धाँधली रहित निर्वाचन कायम गर्न पर्यवेक्षण गर्ने उद्देश्य लिएको अध्यक्ष डा. तिगेलाले जानकारी दिए।