धरान : स्थानीय चुनाव नजिकिँदै गर्दा जनता समाजवादी पार्टीको सङ्गठन बिस्तार तीव्र पार्ने क्रममा धरानमा एमाले त्यागेर १७ युवाहरू  जनता समाजवादीमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकको अवसरमा धरानको चुम्लुङ हिममा बाँझोगरा क्लबका अध्यक्ष कर्ण केदेम सचिव पूर्ण गुरुङ जनता समाजवादी पार्टीमा प्रवेश गरेको लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लावतीले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेहरूमा लाक्पा शेर्पा, हरि तम्सा, निर्माण ब्याबसायी जय चाम्लिङ,  निर्मल चोङ्बाङ, सन्तोष राई,गौतम हुक्पाचोङ्बाङ, रबिन तामाङ, विपिन राई, खेम मादेन, सिम लिम्बू, सरोज लिम्बू, भलिबल खेलाडी धनबहादुर मगर ,जयएन्द्र प्रसाद पार्घरै, सुवास राई, प्रबिन राई, भीम लिम्बू रहेका छन् ।

पार्टी प्रवेश गरेका युवालाई जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले खादा लगाएर स्वागत गरेका थिए ।