धरान : धरान-८ स्थित पुरानो ट्राफिक अफिस हालको सेल्सबेरी अगाडी आज दिउसो बस र मोटरसाइकल एक आपसमा जुध्दा एक जना गम्भीर घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार दिउसो करिब १ बजे धनकुटे रोडबाट कोशी राजमार्ग निस्किँदै गरेको बा ७२ प ९८६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १ ख ७८४८ नम्बरको बस एक आपसमा जुध्दा मोटरसाइकल चालक धरान-११ का २५ वर्षीय मोहन राई गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचार भइरहेको छ भने बस चालक फरार रहेका छन् । बस र मोटर साइकल इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ । 

accident-bonus-mall