धरान : इटहरी १८ नयाँ टोल स्थित कान्छी चौकमा स्कुल बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । 

आज बिहान ५ ः १० बजे कान्छीचौक–चतरा सडक खण्डमा कान्छीचौकबाट चतरा तर्फ विद्यार्थी लिन जाँदै गरेको बेबिलोन बोडिङ स्कुल इटहरीको को १ क १८६६ नं को बसले ठक्कर दिँदा इटहरी १८ बस्ने ६० वर्षीय महिलुन खातुनको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । 

ठक्कर दिने स्कुल बस र चालक ३७ वर्षीय प्रेमकुमार सार्कीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण तीव्र गति रहेको प्रहरीले बताएको छ ।