धरान : झापाको दमक नगरपालिका –२ सिपेनि सिमसारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुवेर बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् ।

शनिवार दिउसो साढे २ बजे साथीकोमा जान्छु  भनि घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबि मृत्यु भएको प्रहरीले जनाएको छ ।